You are currently viewing लागूऔषध सहित ४ जना प्रहरी नियन्त्रणमा

लागूऔषध सहित ४ जना प्रहरी नियन्त्रणमा

नेभा, बिराटनगर, २८ मंसिर,

झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर २७ गते झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थितबाट बिहारको माल्दाका २२ वर्षको जेनिश राजबंशीलाई र ताप्लेजुङ सिरिजंघा गाउँपालिका वडा नम्बर १ की २४ वर्षीय युनिशा लिम्बुलाई १ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय अनारमनी द्वारा पक्राउ गरिएको छ ।

बिराटनगर वडा नम्बर १५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको टोलीले चेक जाँचको क्रममा दमक नगरपालिका वडा नम्बर ८ झापाको २३ बर्षीय अजय साह र २१ बर्षीय राजेश ताजपुरीयाको साथबाट एभिल ४० एम्पुल, फेनारागन ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र डाइजोपाम ४० एम्पुल सहित बरामद भएको हुँदा निजहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निजहरुलाई प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र औषधी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply