You are currently viewing गाईलाई बसले ठक्कर दिई भागेको ठकुरी प्रहरीको नियन्त्रणमा

गाईलाई बसले ठक्कर दिई भागेको ठकुरी प्रहरीको नियन्त्रणमा

नेभा, कास्की, २६ मंसिर,

जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नम्बर १० औधोगिक क्षेत्र स्थित पृथ्वी राजमार्गमा पोखरादेखि काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २११३ नम्बरको यात्रुवाहक बसले बाटोमा हिडिरहेको गाईलाई ठक्कर दिंदा उक्त गाईको घटनास्थलमानै मृत्यु भएको थियो ।

ठक्कर दिने सवारी साधन भागी फरार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी कार्यालय र अन्य कार्यालयहरुबाट समेत खोजतलास गर्दै जाँदा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ बस्ने २८ वर्षको रोशन ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको खबर जिल्ला प्रहरी कार्यालय, कास्कीले दिएको छ ।

Leave a Reply