You are currently viewing कास्कीमा अबैध काठ सहित एकजना पक्राउ

कास्कीमा अबैध काठ सहित एकजना पक्राउ

नेभा, कास्की, २६ मंसिर,

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौर अकला मन्दिर स्थित सडक खण्डमा प्रहरीहरुद्वारा सवारी साधन चेकजाँचको क्रममा अबैध काठ सहित एकजनालाई पक्राउ गरिएको छ ।

पुरुन्चौरतर्फबाट पोखरातर्फ आउँदै गरेको ग ३ च ५८०९ नम्बरको बोलेरो जिपलाई रोकी चेकजाँच गर्दा उक्त जिपमा चिरुवा काठ (फल्याक) २८० थान लोड गरेको पाईएको हुनाले र सो सम्बन्धमा प्रयोजन खुल्ने कागजातहरु साथमा नभएको हुनाले नियन्त्रणमा लिइएको छ ।

उल्लेखित नम्बरको चिरुवा काठ (फल्याक) सहित जिप चालक जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ को भुर्जुङखोला बस्ने ३१ वर्षको अनिष विकलाई उक्त जिप सहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बगर, कास्कीमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय कास्कीबाट जानकारी गराइएको छ ।

Leave a Reply