साउदी अरेबियाको वायुसेनाको दुखद विमान दुर्घटना भएको छ । यस दुर्घटनामा चालक दलका दुई सदस्यको मृत्यु भएको छ । जाहरानस्थित अब्दुल अजिज एयर फोर्स बेसमा तालिमका क्रममा उक्त दुर्घटना भएको हो ।
जानकारीका अनुसार दुर्घटनामा परेको साउदी अरबको वायुसेनाको विमानको नाम F-15SA फाइटर प्लेन हो । साउदी प्रेस एजेन्सीले सेनाका प्रवक्ता ब्रिगेडियर जनरल टर्की अल-मालिकीलाई उद्धृत गर्दै दहरानस्थित अब्दुल अजिज एयर फोर्स बेसमा प्रशिक्षण अभियानका क्रममा दुर्घटना भएको बताइएको छ ।
अल-मलिकीले दुर्घटनाबारे थप विवरण भने दिएको छैन । F-15SA म्याकडोनेल डगलस लडाकु विमानको एक संस्करण हो । साउदी अरबको सैन्य बेडामा दर्जनौं यस्ता लडाकु विमान छन् । जुलाईमा खामिस मुशैतस्थित किङ खालिद एयर फोर्स बेसमा भएको विमान दुर्घटनामा दुई पाइलटको मृत्यु भएको थियो ।