You are currently viewing नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिने तीनजना पक्राउ

नेभा, काठमाडौं, २० मंसिर,

काठमाण्डौ उपत्यका भित्र भएका क्यासिनोहरुमा हुने बिभिन्न कृयाकलापहरु माथि सुक्ष्मरुपमा निगरानी गर्दा जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नम्बर ३ घर भएको हाल काठमाडौं जिल्ला बुढानिलकण्ठ बस्ने ४७ वर्षको गोबिन्द खड्का, जिल्ला ओखलढुंगा चिसंखुगढ़ी गाउँपालिका वडा नम्बर ८ रातोमाटे घर भएको हाल जिल्ला ललितपुर सातदोबाटो नखिपोट बस्ने ३९ वर्षको नविन राई र जिल्ला रुपन्देही तिलोतमा नगरपालिका कोटिहवाको हाल जिल्ला काठमाडौं तारकेस्वर नगरपालिका वडा नम्बर २१ मा बस्ने २५ वर्ष उमेर भएको बिनोद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यकाभित्र भएका क्यासिनोमा प्रवेश गराई खेलाउने प्रयोजनको लागि नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको भन्ने बुझिन आएकोले यस कार्यालयबाट खटिगएको प्रहरी टोलीले मंसिर १९ गते गोबिन्द खड्का लगायत ३ जनालाई पक्राउ गरेको छ ।

निजहरुलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको खबर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन, काठमाडौंको बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

Leave a Reply