You are currently viewing बिहेको भोलिपल्ट घुम्न गएकी युवतीको समुद्रमा बोर्डिङ गर्ने क्रममा सार्कको आक्रमणबाट मृत्यु

बिहेको भोलिपल्ट घुम्न गएकी युवतीको समुद्रमा बोर्डिङ गर्ने क्रममा सार्कको आक्रमणबाट मृत्यु

नेभा, अमेरिका, १९ मंसिर,

अमेरिकामा बोस्टनका एक युवतीलाई बहामासमा प्याडलबोर्डिङ गर्ने क्रममा शार्कले मारेको छ ।

WCVB रिपोर्टका अनुसार यो घटना आइतवार महिलाको विवाहको ठीक एक दिन पछि भएको थियो । शार्कले न्यू प्रोभिडेन्स टापुको पश्चिमी छेउमा एक माइल भन्दा कमको दूरीमा आक्रमण गरेको थियो ।

अधिकारीहरुको अनुसार पीडित आफ्नो आफन्तसँग पानीमा डुबेका थिए, जसलाई कुनै क्षति भएको छैन ।

शार्कले आक्रमण गर्दा प्याडलबोर्डिङ गर्दै आएकी महिला र उनका आफन्तलाई डुङ्गामा रहेका लाईफगार्डले उद्धार गरेका थिए तर, महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

Leave a Reply