समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज बुधबार जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माज्यूको संयोजकत्वमा आत्महत्या न्यूनिकरण सम्वन्धी कार्यक्रम सरोकारवाला पक्षहरु बीच संचालन भएको थियो ।
यस कार्यक्रम अन्तर्गत जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधी, घोराही उपमहानगरपालिकाका प्रतिनिधी, सामुदायिक सेवा केन्द्रका प्रतिनिधी, रेडक्रस सोसाईटी दाङ शाखाका प्रतिनिधी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी, प्रहरी लगायतको सहभागिता थियो ।
आत्महत्याको अवस्था र आत्महत्या रोकथाम तथा न्यूनिकरणको लागि प्रभावकारी रुपमा कार्याक्रम संचालन गर्ने लगायत बिषयमा छलफल हुनुका साथै आत्महत्या न्यूनिकरण सम्बन्धमा सरोकारवाला पक्षहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।