You are currently viewing फ्लोरिडामा विमान दुर्घटना हुँदा २ महिलासहित ४ जनाको मृत्यु

फ्लोरिडामा विमान दुर्घटना हुँदा २ महिलासहित ४ जनाको मृत्यु

नेभा, २४ चैत्र,

अमेरिकाको फ्लोरिडा राज्यको खाडी तटमा बिहीबार एउटा विमान दुर्घटना भएको छ । यस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले सो जानकारी दिएको छ । विमान दुर्घटनामा दुई महिलासहित चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

भेनिस प्रहरीले उक्त विमान भेनिस विमानस्थलबाट उडेको र बुधबार राति केही समयपछि पश्चिममा मेक्सिकोको खाडीमा दुर्घटना भएको जनाएको छ । भेनिसका प्रहरी क्याप्टेन एन्डी लिसेनिङले घटनास्थलमा उपस्थित मानिसहरूले ९११ लाई फोन गरेर विमान दुर्घटना भएको जानकारी दिएका छन् ।

प्रहरी अधिकारीले विमानस्थलमा उपलब्ध भिडियो फुटेज र दुर्घटनास्थलको समीक्षा गरिने बताए । राष्ट्रिय यातायात सुरक्षा बोर्डले यस विषयमा अनुसन्धान गरिरहेको छ र भिडियो फुटेज बुझाएको छ ।

Leave a Reply