You are currently viewing खाडी मुलुक पठाउने प्रलोभन दिई पैसा ठगी गर्ने श्रेष्ठ पक्राउ

खाडी मुलुक पठाउने प्रलोभन दिई पैसा ठगी गर्ने श्रेष्ठ पक्राउ

नेभा, काठमाडौं, १ फाल्गुन,

जिल्ला, संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ११ घर भई हाल जिल्ला काठमाण्डौं टोखा नगरपालिका वडा नम्बर १० बस्ने भैरव बहादुर श्रेष्ठको छोरा ४९ वर्षको सुन्दर श्रेष्ठलाई प्रहरी द्वारा पक्राउ गरिएको छ ।

निजले हेमन्त श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा पठाईदिन्छु आकर्षक तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट रकम लिई सम्पर्क विहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान, कार्यालयबाट खटिएको प्रहरी टोलीले निज सुन्दर श्रेष्ठको खोजतलास गर्ने क्रममा माघ २६ गते जिल्ला, काठमाण्डौं को महानगरपालिका वडा नम्बर २६ सामाखुशीबाट पक्राउ गरेको कुरा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

निजलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाईएको छ ।

Leave a Reply