इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले बेलायत र अमेरिकालाई ठूलो झट्का दिएकी छिन् । प्रधानमन्त्री मेलोनीको “ब्रदर्स अफ इटाली पार्टी” ले नयाँ कानून ल्याएको छ । सोही अनुसार सरकारी कामकाजमा अंग्रेजी भाषाको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो । यो कानुन लागू भएपछि सरकारी कामकाजमा अंग्रेजी भाषा प्रयोग गरेबापत १ लाख युरो अर्थात १ लाख ८ हजार ७०५ अमेरिकी डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।
CNN को समाचार अनुसार अब इटालीमा आधिकारिक सञ्चारमा कुनै पनि विदेशी भाषा विशेषगरी अंग्रेजीको प्रयोग गरेमा जरिवाना लाग्ने भएको छ । इटालीको तल्लो सदनका नेता फाबियो रामपेलीले यो कानुन ल्याएका हुन् । यसमा प्रधानमन्त्री मेलोनीले पूर्ण समर्थन जनाएका छन् । कानुनको प्रस्ताव अनुसार सरकारी सञ्चारमा कुनै पनि विदेशी भाषाको प्रयोग गर्न निषेध गरिएको छ । तर प्रतिबन्ध विशेष गरी “एंग्लोमेनिया” मा केन्द्रित छ । प्रस्तावमा विदेशी भाषाको प्रयोगले इटालियन भाषालाई कमजोर बनाउने पनि उल्लेख गरिएको छ ।
बेलायत युरोपियन युनियनको हिस्सा नभएको बेलामा अंग्रेजीको प्रयोग भइरहेको छ । अब यो विधेयक छिट्टै संसदमा छलफलका लागि ल्याउने तयारी भइरहेको छ । त्यसपछि यसलाई कानुनको रूप दिइनेछ । यसका लागि लिखित, मौखिक ज्ञानमा इटालियन भाषाको अधिकार रहेको सार्वजनिक प्रशासनको क्षेत्रमा इटालियन भाषाको कार्यालय खोल्न आवश्यक रहेको समेत जनाइएको छ ।