You are currently viewing मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ६ वर्षीय बालकको मृत्यु

मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ६ वर्षीय बालकको मृत्यु

नेभा, सुनसरी, २ साउन,

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय बिर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ वर्षीय बालकको मृत्यु भएको छ, भने निज बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

मृत्यु हुनेमा बराहक्षेत्र वडा नम्बर ३ का बिक्रम बि.क. को ६ वर्षीय छोरा अबि बि.क. रहेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको विभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए ।

घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । पक्राउ परेका निजलाई इलाका प्रहरी कार्यालय, महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको  कुरा प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply