मेरो व्यक्तिगत तथा सामाजिक जीवनमा असर पार्ने विषयमा झूटो विवरण प्रस्तुत गरी, भिडियो बनाई, यु–ट्युव मार्फत प्रसारण गरी अनावश्यक दुःख, हैरानीका साथै चरित्रहत्या समेत गरेकोले उक्त उपर कानुन बमोजिम कारबाही गरी पाउन पीडित महिलाले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा निवेदन दिनु भएको थियो ।
प्राप्त निवेदन माथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दै जाने क्रममा उक्त कार्य गर्ने प्रतिवादी जिल्ला सिराहा लहान नगरपालिका वडा नम्बर २४ स्थायी वतन भई हाल काठमाडौं जिल्ला किर्तिपुर नगरपालिका वडा नम्बर ४ आँगाटार बस्ने ३६ वर्षको मनोज मानव भन्ने मनोज कुमार महतो खुल्न आएको हुँदा निजलाई पक्राउ गरिएको छ ।
विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा माघ १५ गते ब्यूरोबाट खटिई गएको टोलीले कीर्तिपुरबाट पक्राउ गरी काठमाडौं जिल्ला, अदालतको आदेशले दिन ५ म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी उपरीक्षक पशुपति कुमार रायले जनाएका छन् ।