You are currently viewing पर्साका पत्रकार नरेश सर्राफको ह्दयघातले निधन

पर्साका पत्रकार नरेश सर्राफको ह्दयघातले निधन

नेभा, १५ मार्ग,

नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य, सगरमाथा टेलिभिजनका सम्वादाता तथा राष्ट्र सन्देश अनलाइन मिडियाका सम्पादक पत्रकार नरेश सरार्फको ३८ वर्षको अल्पायुमै आज मिति मङ्सिर १५ गते असमायिक र अकल्पनीय निधन भएको दुःखद् खबरले सम्पूर्ण पर्सेली पत्रकार स्तब्ध भएका छन् ।

अ‌ाज विहान घरमै ब्याम गरिरहेको अवस्थामा अचानक अचेत भई नारायणी अस्पताल पुर्याइएकोमा विहान ८ बजे निधन भएको कुरा खुल्न आएको हो । पर्सामा सक्रिय पत्रकारिता गर्दै आएका सरार्फको निधनले सञ्चारकाे क्षेत्रमा अपुर्णिय क्षति भएको ठहर नेपाल पत्रकार महासंघ पर्सा शाखाको छ । पर्सेली पत्रकारिता क्षेत्रले एक जुझारु तथा उर्जावान युवा पत्रकार गुमाएको शाखाको भनाइ छ ।

अस्पतालका चिकित्सक डा. दिपक चौरसियाले अस्पतालमा ल्याउँदै गर्दा बाटोमै पत्रकार सर्राफको निधन भएको पुष्टि गर्नुभयो ।

हामी पपुलरसीस समूहबाट हाम्रा मित्र पत्रकार स्व. नरेश सर्राफलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्… मृत आत्माले वैकुण्ठ वास गरोस् भनी प्रार्थना गर्दछौं ।

Leave a Reply