You are currently viewing रुसले युक्रेनको सीमा नजिक ७ हजारभन्दा बढी थप सेना तैनाथ गरेको छ

रुसले युक्रेनको सीमा नजिक ७ हजारभन्दा बढी थप सेना तैनाथ गरेको छ

नेभा, ५ फाल्गुण,

युक्रेनी सीमाबाट सेना फिर्ता गर्ने घोषणाको विपरीत रुसले यस क्षेत्रमा कम्तिमा ७,००० थप सेना तैनाथ गरेको छ । योसँगै अमेरिकाले रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका पनि व्यक्त गरेको छ ।

यसैबीच, रुसको बढ्दो दबावबीच युक्रेनले बुधबार झण्डा फहराएर राष्ट्रिय एकता देखाएको छ । युक्रेनमा रुसी आक्रमणको धम्की अझै वास्तविकतामा परिणत भएको छैन तर अमेरिका र उसका सहयोगीहरूले डर अझै उच्च रहेको बताएका छन् ।

पश्चिमी अनुमानका अनुसार रुसले युक्रेनको पूर्व, उत्तर र दक्षिणमा १५०,००० भन्दा बढी सेना तैनाथ गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुतिनले सङ्कटको शान्तिपूर्ण समाधान चाहेको सङ्केत दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सङ्कटको कूटनीतिक समाधानका लागि अमेरिकाले हरेक मौका दिने वाचा गरेका छन्, तर थप सेना परिचालनको रिपोर्टले मस्कोको नियतमाथि शंका उत्पन्न गरेको छ ।

Leave a Reply