You are currently viewing पाकिस्तानमा सडकको छेउमा भएको बम विस्फोटमा चार जनाको मृत्यु र १० जना घाइते भएका छन्

पाकिस्तानमा सडकको छेउमा भएको बम विस्फोटमा चार जनाको मृत्यु र १० जना घाइते भएका छन्

नेभा, १६,

माघ, पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रबार सडक छेउमा भएको विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् ।

डेरा बुग्ती जिल्लाको माट क्षेत्रबाट मानिसहरु गाडीमा गुज्रिरहेका बेला विस्फोट भएको हो । विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ, र १० जना घाइते भएको प्रहरीले जनाएको छ । यस क्षेत्रका सिनेटर सरफराज बुग्तीले आक्रमणको पुष्टि गर्दै विष्फोटमा मारिएकामध्ये उनका एक आफन्त रहेको बताए ।

उनले विष्फोटमा प्रतिबन्धित बलुच रिपब्लिकन आर्मी ‘BLA’ जिम्मेवार रहेको बताए । ट्विटरमा पोष्ट गरिएको संक्षिप्त बयानमा बुग्तीले भने, पाकिस्तानका प्रान्तीय र संघीय सरकारहरू निर्दोष मानिसहरूको सुरक्षा गर्न असफल भएका छन् ।

बलुचिस्तानका मुख्यमन्त्री मीर अब्दुल कुद्दुस बिजेन्जोले भने कि शत्रुहरूले फेरि एक पटक प्रान्तको शान्तिलाई नष्ट गर्न आतंकवादको कायरतापूर्ण कार्य गरेका छन् । केही दिन अघि प्रान्तको केच क्षेत्रमा रहेको सुरक्षा चौकीमा आक्रमण हुँदा १० सैनिकको मृत्यु भएको थियो ।

Leave a Reply