मित्र हो, लकडाउनको दिन आयो, कोरोना महामारीले चारैतिर पङ्ख फिजायो । छैन कहिं जमघट, सभा अनि भिडभाड, सामाजिक दुरी कायम गरौं, जीवनस“ग नगरौं खेलवाड ।
लुगा, कपडा, रासन सबैको भाउ आकाशियो, काम छैन, दाम छैन, पेशा–व्यवसाय पनि मासियो । को हुन्छ र सहारा, यस्तो परिस्थिति भएसि ? नेता, पार्टि अनि सरकारले जनतालाई बिर्सेसि ।
पढाइ गयो, लेखाइ गयो, बैंकको ऋणमा समेत डुबियो, सहुलियत र विकल्पको कुरा सुनिए पनि सपनामा मात्र देखियो । धैर्यवान एवं संयमित बनौं, यस्तो विषम परिस्थितिमा, जानकी र पशुपतिनाथले रक्षा गरुन् हाम्रो दयनिय स्थितिमा ।
मित्र हो, लकडाउनको दिन आयो । कोरोना महामारीले चारैतिर पङ्ख फिजायो ।
– आशाराम साह, शिक्षक स्कूलः श्री कालिका मावि, चन्द्रपुर नगरपालिका–७, रौतहट