You are currently viewing खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जना पक्राउ

साउन ३१, पर्सा: लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय वीरगन्जबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगन्ज महानगरपालिका–१५ बाट ५०.७ ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

ब्युरोका अनुसार पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ।

पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्राट देवानबिन्दवासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्।

उनीहरूको साथबाट ५०.७ ग्राम खैरो हेरोइन, एक थान मोबाइल फोन र एउटा ON TEST मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply