You are currently viewing कङ्गोमा सशस्त्र आक्रमणमा ९ जना सैनिकसहित ७२ जनाको मृत्यु

कङ्गोमा सशस्त्र आक्रमणमा ९ जना सैनिकसहित ७२ जनाको मृत्यु

नेभा, कङ्गो, २ साउन,

कङ्गोली गाउँमा सशस्त्र व्यक्तिहरूले गरेको आक्रमणमा नौ जना सैनिक र एक सैनिककी पत्नीसहित कम्तीमा ७२ जनाको मृत्यु भएको छ ।

कङ्गोको राजधानी नजिकै भूमि द्वन्द्वमा भएको मिलिसिया आक्रमणमा कम्तीमा ७२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रतिद्वन्द्वी समुदायहरूबिच हिंसा बढेको छ । राजधानी किन्शासाबाट करिब १०० किलोमिटर पूर्वमा रहेको किन्साले गाउँमा आक्रमण भएको हो ।

उक्त क्षेत्रमा असुरक्षा र कमजोर पूर्वाधारका कारण आक्रमणको रिपोर्ट दर्ता हुन धेरै दिन लागेको छ । किन्साले क्वामाउथ क्षेत्रमा टेके र याका समुदायहरू बिच दुई वर्षदेखि झडप भइरहेको छ, जसमा सयौं नागरिकहरूको मृत्यु भएको छ । आक्रमणकारीहरू मोबोन्डो मिलिसियाका सदस्य थिए । यो समूहले आफूलाई याका मानिसहरूको रक्षकको रूपमा प्रस्तुत गर्दछ ।

२०२४ अप्रिलमा कङ्गोका राष्ट्रपति फेलिक्स त्सेसेकेदीको उपस्थितिमा युद्धविराम भए तापनि समुदायहरू बिचको झडप जारी छ र हालका दिनहरुमा तीव्र भएको छ । कंगोको सेनाले पनि देशको पूर्वमा थप व्यापक हिंसा रोक्न सङ्घर्ष गरिरहेको छ ।

Leave a Reply