विशेष सूचनाको आधारमा कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा संलग्न रही हाल सम्म फरार रहेका एकजना व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ बस्ने ४० वर्षको समसोदिन मियाँलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै गाउँघरबाट पक्राउ गरीएको कुरा प्रहरीले जनाएको छ ।
साल २०७६ कार्तिक १९ गते पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ धोविया टोल स्थित नसुरदिन मियाको घरमा सोरियम खातुनलाई कुटपिट गरी हत्या गरेका थिए ।
ज्यान सम्बन्धी कसूर मुद्दामा पर्सा जिल्ला अदालतबाट दिन ५ म्याद थप अनुमति भई थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाएका छन् ।