You are currently viewing अफलाईन राईडिङमा मोटरसाईकल दुर्घटना, ३ जना पक्राउ

अफलाईन राईडिङमा मोटरसाईकल दुर्घटना, ३ जना पक्राउ

नेभा, काठमाडौँ, २४ असार,

असार १५ गते गोर्खा जिल्लाको सिरानचोक गाउँपालिका वडा नम्बर २ घर भई हाल जिल्ला ललितपुर ल.पु. महानगरपालिका वडा नम्बर २३ हात्तीवन बस्ने राजकुमार गुरुङको श्रीमती ३५ वर्षकी अनु गुरुङ र निजको साथीहरु समेत ३ जनाले काठमाडौं जिल्लाको महानगरपालिका गोंगबुबाट जिल्ला ललितपुर ल.पु. महानगरपालिका वडा नम्बर २३ हात्तिवनसम्मको लागि अफलाईन राईडरहरुको ३ वटा छुटाछुटै मोटरसाइकल लिई गएका थिए ।

जाने क्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १ जमल कान्तिपथ स्थित होटल यल्लो पागोडासँगै रहेको NMB Bank अगाडिको सडक खण्डमा जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २२ बस्ने २२ वर्षको तेज रावलले चलाएको प्रदेश नं. ३-०२-००७ प ६६७९ नम्बरको २२० पल्सर मोटरसाइकलबाट मोटरसाइकल पछाडि सवार रहेकी अनु गुरुङ खस्दा घाइते भएकी थिन् ।

जुम्ला जिल्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौं जिल्लाको मण्डिखाटार बस्ने २३ वर्षको पदम धितालले चलाएको बा ३६ प ३२४ नं. को CBZ मोटरसाइकलले ठक्कर दिई टाउकोमा चोट लागि घाइते भएको खबर प्राप्त भएपछि प्रहरी वृत्त दरवारमार्गको टोलीले उद्दार गरी उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा असार १८ गते मृत्यु भएको थियो ।

घटनास्थलबाट वारदात पश्चात फरार रहेका निम्न व्यक्तिहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको विशेष टोलीले सञ्चालन गरेको “Operation Offline Rider Hunt” अन्तर्गत असार २१ गते गोंगबु एरियाबाट तेज रावल, पदम धिताल र सुरेश अधिकारीलाई पक्राउ गरी सवारी ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Leave a Reply