You are currently viewing चोरीको १० ओटा मोबाईल सहित १ जना पक्राउ

चोरीको १० ओटा मोबाईल सहित १ जना पक्राउ

नेभा, उदयपुर, २३ असार,

ईलाका प्रहरी कार्यालय, बेल्टारवाट खटिएको प्रहरी टोलीले असार २० गते चोरीको १० ओटा मोबाईल सहित १ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ बदेलापानी बस्ने २१ वर्षको प्रतिक भन्ने नातीकाजी राईको साथबाट चोरी गरी बोकेका विभिन्न कम्पनीका १० थान मोबाईल फोनहरु बरामद हुँदा निजलाई नियन्त्रणमा लिइएको छ ।

निजलाई मोबाईल सहित पक्राउ गरी उदयपुर जिल्ला, अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply