You are currently viewing क्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको पेस्तोल सहित एकजना पक्राउ

क्याम्पस प्रमुखको हत्यामा प्रयोग भएको पेस्तोल सहित एकजना पक्राउ

नेभा, बारा, १९ असार,

साल २०८१ भादौ ३२ गते बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी रामराजा (मो.वि.शा) बहुमुखि क्याम्पस कलैयाका तत्कालीन क्याम्पस प्रमुख ५० वर्षीय हरि भुषण प्रसाद कुशवाहाको गोली हानी हत्या भएको थियो ।

घटनाको अनुसन्धधानको क्रममा उक्त घटनामा प्रयोग भएको हतियार सहित प्रहरीले एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने जिल्ला बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ पथरा टोलमा बस्ने बिदेशी महरा चमारको छोरा ४२ वर्षको हरिन्दर महरा चमार रहेका छन् ।

निजले आफ्नो बारीमा गाडी लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल एक थान, अटोमेटिक पिस्तोल (मेड इन यु.एस.ए) लेखेको चेम्बरमा गोली एक राउण्ड लोड भएको र अटोमेटिक पेस्तोलमा लाग्ने म्यागजीन एक थान बरामद भएको छ ।

निज चमारलाई असार १७ गते नियन्त्रणमा लिई ज्यान सम्बन्धी तथा हातहतियार खरखजाना सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला बारा, कलैयाको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।

Leave a Reply