You are currently viewing पेस्तोल सहित माझी पक्राउ

पेस्तोल सहित माझी पक्राउ

नेभा, उदयपुर, १० असार,

जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थितबाट एकजना व्यक्तिलाई पेस्तोल सहित पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षको जुलेश रायमाझीको साथबाट अबैध रुपमा बोकिरहेको अवस्थामा खाली म्यागजिन सहित १ थान पेस्तोल फेला पारी बरामद गरी निज जुलेश रायमाझीलाई तत्काल नियन्त्रणमा लिइएको छ ।

उदयपुर जिल्ला, अदालतबाट दिन ५ म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

Leave a Reply