पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भथौडा बस्ने अमित कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
निजले आफ्नै गाईगोठमा गाँजा लुकाइ छिपाइ राखिएको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले कानूनी रितपुर्याइ खानतलासी गर्दा उक्त गोठको भुषमा लुकाइ छिपाइ राखेकोको लागूऔषध गाँजा ७ पोकामा २२ किलो ४ सय ९० ग्राम फेला परेको थियो ।
निज अमित कुमार चौधरीलाई उल्लेखित परिमाणको गाँजा सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सामा ल्याइ निज विरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा उक्त कार्यालयले जनाएको छ ।