बैशाख ३० गते जिल्ला काठमाडौंको सुन्धारा स्थितबाट ट्याक्सीमा सवार कबिराज नेपालीको घाटीमा लगाएको सुनको सिक्री सोही ट्याक्सीमा सवार महिलाले चोरी/लुटपाट गरेको थियो ।
उक्त व्यक्तिबाट खोजतलास गरी पाउँ भनि हुलिया सहित प्रहरी वृत्त जनसेवामा दिएको जाहेरी पश्चात उक्त हुलियाको आधारमा चोरीमा संलग्न व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरु निज पीडितको सुन चोरी गर्ने जिल्ला, गोरखा घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ७ कपुरधारा बस्ने २८ वर्षकी उषा बिष्ट, चोरी गरेको सुन बच्ने जिल्ला सर्लाही राजघाट नगरपालिका वडा नम्बर ६ घर भई हाल जिल्ला, काठमाडौंको तारकेश्वर लोलाङ बस्ने रामहरि खड्का र सुन किन्ने व्यक्ति जिल्ला सर्लाही राजघाट गाउँपालिका वडा नम्बर ६ घर भई हाल चावहिल बस्ने ३७ वर्षको हरि शंकर चौधरी रहेका छन् । निजहरु बाट सुन जस्तो देखिने १ थान सिक्री बरामद भएको छ ।
निजरुको खोजतलास गर्दै जाने क्रममा जेठ १८ गते काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी स्थितबाट उषा बिष्टलाई फेला पारी नियन्त्रणमा लिइएको थियो । बिष्टलाई घटनाको सम्बन्धमा सोधपुछ गर्दा निजले उक्त चोरी गरेका सुनका सिक्री रामहरि खड्का मार्फत हरि शंकर चौधरीलाई बिक्री गरेको भनि बताएको हुदाँ निजहरुलाई पक्राउ गरिएको हो ।
खोजतलासको क्रममा जेठ २० गते जिल्ला, काठमाडौंको महानगरपालिका वडा नम्बर २६ नयाँबसपार्कबाट रामहरि खड्का र सोहि दिन जिल्ला, काठमाडौंको महानगरपालिका वडा नम्बर ७ चाबहिल गणेशस्थानबाट हरि शंकर चौधरीलाई फेला पारी निजको साथबाट सुन जस्तो देखिने सिक्री थान १ फेला पारी बरामद गरी नियन्त्रणमा लिइएको थियो ।
निजहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला, अदालतबाट उषा बिष्टलाई दिन ५, रामहरि खड्का र हरि शंकर चौधरीलाई दिन ४ को म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भईरहेको कुरा जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।