You are currently viewing यस क्रुजमा हुने अनन्त-राधिकाको प्री-वेडिङ समारोह

यस क्रुजमा हुने अनन्त-राधिकाको प्री-वेडिङ समारोह

नेभा, भारत, १५ जेठ,

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको परिवार फेरि एकपटक समाचारमा आएको छ । मुकेश अम्बानी र निता अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले जुलाई महिनामा फियान्सी राधिका मर्चेन्टसँग विवाह गर्ने भएका छन् ।

विवाहअघि अम्बानी परिवारले उनीहरूका लागि एकपछि अर्को प्रि-वेडिङ पार्टी आयोजना गर्दैछन् । यसअघि अम्बानी परिवारले मार्चको सुरुमा गुजरातको जामनगरमा अनन्त-राधिकाका लागि भव्य विवाह पूर्व समारोह आयोजना गरेको थियो, जसको लामो समयदेखि चर्चा भइरहेको थियो । यसैबिच, यस पटक इटालीको क्रुजमा अनन्त-राधिकाका लागि दोस्रो प्रि-वेडिङ समारोहको आयोजना भइरहेको छ ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ समारोह मे २८ देखि ३१ सम्म हुनेछ । चार दिने उत्सवको विवरण पनि सार्वजनिक गरिएको छ, जसमा २८ मे मा क्रूजमा गण्यमान्य व्यक्तिहरूलाई स्वागत गरिनेछ ।

यस क्रूजको नाम सेलिब्रिटी एसेन्ट हो, जुन माल्टामा बनेको छ । यसमा फाइभ स्टार होटलका सबै सुविधाहरू छन् र पानीमा तैरिरहेको विलासी रिसोर्ट हो ।

Leave a Reply