You are currently viewing पोखरा लेकसाईडको मसाज सेन्टरहरुबाट ६ जना बालिकाहरुको उद्धार

पोखरा लेकसाईडको मसाज सेन्टरहरुबाट ६ जना बालिकाहरुको उद्धार

नेभा, कास्की, ३ जेष्ठ,

पोखरा महानगरपालिका स्थित रहेको स्पा (मसाज) सेन्टरहरुमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको भन्ने गोप्य सूचना जिल्ला प्रहरी कार्यालय कास्की, पोखरालाई प्राप्त भएको थियो ।

सूचनाको आधारमा जेष्ठ २ गते जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समुह नेपाल संस्थाबाट खटिएको संयुक्त अनुगम टोलीले पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईड स्थित सञ्चालनमा रहेको ५ वटा स्पा (मसाज) सेन्टरहरुमा अनुगमन गर्दा १८ वर्ष भन्दा मुनिका ६ जना बालिकाहरुलाई काममा लगाएको पाइएको थियो । पिडित बालिकाहरुलाई उद्धार गरीएको छ ।

अनुगमन गरिएको मसाज सेन्टरहरु सेन्टर पोइन्ट स्पाबाट २ जना बालीका, हिमालय स्पा बाट १ जना, पारामाउन्ट स्पाबाट १ जना, न्यू भिजन स्पाबाट २ जना बालीकाको उद्धार गरीएको थियो भने गुडविल स्पामा अनुगमन गर्दा बालिका नरहेको प्रहरीले जनाएको छ ।

बालिकाहरुलाई उद्दार गरी थप अनुसन्धान कार्य भइरहेको कुरा कास्कीको प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जनाएका छन् ।

Leave a Reply