जिल्ला, सिरहा लहान नगरपालिका वडा नम्बर ३ पूर्व बसपार्क स्थित गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, लहान सिरहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलबजार, सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलिले दुइजना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।
अस्पताल चोक देखि लहानतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ प ७३८० नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा सोहि मोटरसाईकल पछाडि सवार जिल्ला, सिरहा लहान नगरपालिका वडा नम्बर १९ छर्रापट्टि बस्ने अन्दाजी २४ वर्षको सन्तोष कुमार साहले बोकेको कपडाको झोलामा Phenergan १ सय ३३ एम्पुल, Buprenorphine injection Lp, १ सय ३५ एम्पुल र Diazepam injection lR १ सय ३४ एम्पुल फेला परेको थियो ।
उक्त लागूऔषध रीतपूर्वक बरामद गरी मोटरसाईकल र मोटरसाईकल चालक सोहि ठाउँमा कटाह चोक बस्ने अन्दाजी २५ वर्षको शिवनाथ महतो समेतलाई नियन्त्रणमा लिईएको थियो ।
इलाका प्रहरी कार्यालय, लहान सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जनाएका छन् ।