You are currently viewing त्रिविका उप-प्रध्यापकलाई कुटपिट गरी फरार रहेका अभियुक्त पक्राउ

त्रिविका उप-प्रध्यापकलाई कुटपिट गरी फरार रहेका अभियुक्त पक्राउ

नेभा, काठमाडौं, १४ चैत,

जिल्ला काठमाडौं कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रिय विभागका उप-प्राध्यापक ४६ वर्षको प्रेम बहादुर चलाउनेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला, सिराहा असनपुर गाउँ विकास समिति वडा नम्बर ४ हाल गोल बजार नगरपालिका वडा नम्बर ६ जमदह बस्ने २४ वर्षको रविन कुमार लामा समेत रहेका थिए ।

ज्यान मार्ने उधोग मुद्दामा काठमाडौ जिल्ला अदालतबाट मुलुकी अपराध संहित, २०७४ को दफा १९२ को उपदफा १९२ (२) को छ बमोजिमको कसुरमा ऐ संहिताको दफा १९२ को उपदफा (५) को अन्तिम वाक्यांशले जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय हुने साल २०८० मंसिर ७ गते फैसला भएकोमा निज प्रतिवादी फरार भएका थिए ।

निजलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चैत १३ गते काठमाडौं जिल्ला को महानगरपालिका कपनबाट नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालत पठाईएको कुरा जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Leave a Reply