You are currently viewing कुरकुरे किन्न गएको ४ वर्षको नावालकलाई अपहरण गर्ने भारतीय पक्राउ

कुरकुरे किन्न गएको ४ वर्षको नावालकलाई अपहरण गर्ने भारतीय पक्राउ

नेभा, सर्लाही, २४ फागुन,

सर्लाहीको पर्सा गाँउपालिका वडा नम्बर २ संग्रामपुरको सडक खण्डमा कुरकुरे किन्न गएको बेला एउटा नावालकको अपहरण गरीएको थियो ।

भारतको बिहार राज्यको सितामढी सोनवर्षा जानकीनगर वडा नम्बर १ दरवार लालवनी बस्ने धिरेन्द्र रामको अन्दाजी ४ वर्षको छोरा अंकित कुमार रामलाई आफ्नो मामा घर जिल्ला सर्लाहीको पर्सा गाँउपालिका वडा नम्बर २ स्थित गएको समयमा निजलाई अज्ञात व्यक्तिले अपहरण गरी लगेको सुचना जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा प्राप्त भएको थियो ।

उक्त अपहरणको सुचना प्राप्त हुन साथ तत्कालै आवश्यक प्रहरी टोली सो स्थान तर्फ परिचालन गरीएको थियो । प्रहरी टोलीले नावालकको खोज तलाश गर्दै जाने क्रममा फागुन २३ गते नावालकको उद्धार गरीएको हो ।

भारतीय सिमा तर्फ निज अपहरित अंकित कुमार रामलाई भारत बिहार राज्य जिल्लाको सितामढी बथुवारा वडा नम्बर १ बस्ने सलामत अंसारीको छोरा २७ वर्षको अताबुल अंसारीले हात समाती जवरजस्ती लगिरहेको अवस्थामा फेला पारी निज अताबुल अंसारीबाट नावालक अंकित कुमार रामलाई स्थानिय समेतको सहयोगमा उद्धार गरी निजलाई पक्राउ गरीएको छ ।

उद्धार नावालक अंकित कुमार रामलाई निजको बुवा आमाको जिम्मा लगाईएको छ । पक्राउ गरीएको निजलाई सर्लाही जिल्लामा उपस्थित गराई अपहरण तथा शरिरबन्धक कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जनाएका छन् ।

Leave a Reply