I’Am with डाक्टर भिम रावल भन्ने फेसबुक पेजमा Dik Kumar Kshretree नामको फेसबुक आईडीबाट फागुन १५ गते दैलेखको डुङ्गेश्वरमा बैंक लुट्न आएको कुरामा सयत्या नरहेको प्रहरीले जनाएको छ ।
एक माओवादी कार्यकर्तालाई स्थानीयले पक्राउ गरी कुटपिट गरेर प्रहरीलाई जिम्मा लगाएको र पक्राउ पर्नेमा दैलेख जिल्ला सेके्रटरी रहेका छन् । उनका बयान अनुसार प्रचण्ड रेणु दहाल र जनार्दन शर्माको आदेशमा पार्टीको आर्थिक स्थिति कम्जोर हुँदै गएको चुनावी खर्च उठाउनको लागि गरेको हुँ भनेर स्वीकार गरेका छन उनलाई रिहाई गर्न गृहमन्त्रीको आदेश आएको जिल्ला प्रहरी कार्यालय, दैलेखले जानकारी दिएको छ भन्ने कुरा झुटो रहेको भन्ने प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जनकारी गराएका छन् ।
कुटपिट गरेको पुरुष व्यक्तिको निलडाम सहितको फोटो पोष्ट गरेको र अन्य विभिन्न फेसबुक आइडीबाट सेयर गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, दैलेखले यस विषयमा मातहत कार्यालय संग समेत बुझ्दा यस किसिमको गतिविधि तथा क्रियाकलापहरु दैलेख जिल्ला भरिमा कहिकतै नभएको पाइएको छ ।
प्रहरी कार्यालय, दैलेखले उक्त विषयमा कोही कसैलाई जानकारी नदिएको हुँदा सामाजिक संजालमा पोष्ट तथा सेयर गरीएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनकारीको लागि अनुरोध गरीएको छ ।