You are currently viewing रेस्टुरेन्टमा खाजा खाई २४ हजार नक्कली नोट दिई फरार व्यक्तिहरु पक्राउ

रेस्टुरेन्टमा खाजा खाई २४ हजार नक्कली नोट दिई फरार व्यक्तिहरु पक्राउ

नेभा, मकवानपुर, ७ फागुन,

ईलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ६ खैरघारी स्थित हरियाली रेष्टुरेण्टमा खाजा खाई नक्कली हजारको नोट २४ थान दिई व्यक्तिहरु फरार भएका थिए ।

जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ८ बस्ने ३८ वर्षको लोकेन्द्र मोक्तान सोहि ठाउँको निवासी २९ वर्षको बुद्ध लामा सोहि ठाउँमा बस्ने २५ वर्षको सुबाश मोक्तान र सोहि वडा नम्बर ९ बस्ने २२ वर्षको ओनिश अधिकारीलाई मनहरी बजारमा लुकी छिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको कुरा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

निजहरुलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला, अदालत हेटौडाबाट दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a Reply