प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्ट स्थित सडकबाट एकजना व्यक्तिलाई लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।
नारायणघाटबाट धरानतर्फ जादैं गरेको को १ ख ७९१४ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला, सिरहा करजनहा नगरपालिका वडा नम्बर ८ बस्ने ४२ वर्षको राम सागर राउतलाई पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
उक्त व्यक्तिलाई शंका लागी रितपुर्वक शरीर तथा झोला समेतको खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा ५ किलो २०० ग्राम लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध सहित निज राउतलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला, अदालतबाट १२ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।