You are currently viewing मोटरसाइकल चोरीमा संलग्न लामा पक्राउ

मोटरसाइकल चोरीमा संलग्न लामा पक्राउ

नेभा, काठमाडौं, ११ माघ,

मोटरसाइकल चोरीमा संलग्न एकजनालाई आज काठमाण्डौको धुम्बाराहीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १ का ३३ वर्षीय दुर्गा लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२-०२९ प ९७९२ नम्बरको मोटरसाइकल काठमाण्डौको चण्डौल स्थित कृष्णमन्दिर नजिकबाट हराएको भनी यही माघ ९ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरी वैकल्पिक नम्बर प्लेट तयार गरिरहेको अवस्थामा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ईकाइ बाट खटिएको टोलीले मोटरसाइकल, हेण्डल लक तोड्ने टि, चावीको ढिक्का, चावी र वैकल्पिक नम्बर प्लेट सहित फेला पारी चोरीमा संलग्न लामालाई धुम्बाराहीबाट आज नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको निजलाई थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त महाराजगंज पठाइएको कुरा महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी, कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सम्पूर्णलाई अनुरोध गर्नु भएको छ ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग हुनुपर्ने समेत प्रवक्ता भट्टले बताउनु भयो । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

Leave a Reply