You are currently viewing प्रहरीहरु द्वारा गाँजा र अफिम उत्पादन फडानी

प्रहरीहरु द्वारा गाँजा र अफिम उत्पादन फडानी

नेभा, धादिङ, २९ पौष,

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडाको लागूऔषध नियन्त्रण कार्य योजना २०८० अनुरुप पौष २८ गते लागूऔषध गाँजा तथा अफिम उत्पादनलाई फडानी तथा नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, धादिङबाट प्रहरी निरिक्षक अभय लामाको कमाण्डमा र यस कार्यालयबाट प्रहरी बरिष्ठ नायब निरिक्षक रश्मी सिलवालको कमाण्डमा ३५ जनाको संयुक्त टोली खटिएको थियो ।

उक्त टोलि खटि गई जिल्ला धादिङ गजुरी गाँउपालिका वडा नम्बर २ स्थित रविधनमा उत्पादन गरिएको अबैध लागूऔषध गाँजा २५ रोपनी र अफिम अन्दाजी २० रोपनी गरी जम्मा ४५ रोपनी गाँजा तथा अफिम फडानी तथा नष्ट गरिएको कुरा इलाका प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

Leave a Reply