देशको धेरै ठाँउहरुमा जाडो निकै बढेको छ र जाडो बढेसंगै आगो ताप्ने पनि बढेको हामीले हेर्न सक्छौ । कहिलेकाहि आगो ताप्दा केहि कुराहरुमा सवधानी नअप्नाउँदा घरमा आगो लाग्ने, शरीरमा कार्बनमोनोअक्साइड बढेर टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता विभीन्न किसीमका दुर्घनाहरु हुनसक्छन् । त्यसैले आगो ताप्ता निम्न कुराहरुलाई ध्यानमा राखी आगो ताप्नु पर्छ ।
१. कोठामा अक्सिजन राम्ररी पास हुन सक्ने भेन्टिलेसनको व्यवस्था गर्नुपर्छ ।
२. कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नातापौं ।
३. वृद्ध–वृद्धा तथा बालबालिकाहरुलाई आगो ताप्दा वा तातोमा राख्दा विशेष ख्याल गरौं ।
४. आगा ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालको सामग्री नजिकै नराखौं र हावा ओहोरदोहोर हुने ठाउँमा मात्र आगो ताप्ने गरौं ।
५. जब शरीरमा कार्बनमोनोअक्साइड बढ्दै गएर टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता समस्याहरु देखिन शुरु हुन्छन्, यस्तो अवस्थामा अक्सिजन पर्याप्त प्राप्त हुने स्थानमा पुगौं ।
६. सुत्नु अघि अनिवार्य रुपमा बालेको आगो वा हिटर निभाउने गरौं, यस्ता उपायहरु अपनाएर हामी आगो ताप्दा हुन सक्ने दुर्घटनाबाट जोगिन सक्छौं ।