You are currently viewing बालिको कानको मुन्द्रा र भुडकिको पैसा चोरी गर्ने महिला पक्राउ

बालिको कानको मुन्द्रा र भुडकिको पैसा चोरी गर्ने महिला पक्राउ

नेभा, कास्की, २६ पौष,

पौष २० गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १२ को शितालादेवी स्कुलबाट ६ वर्षकी बालिकालाई ललाई फकाई बालिकाले कानमा लगाएको सुनको मुन्द्रा र निजको घरमा रहेको भुडकिको पैसा समेत चोरी गरी एकजना महिला फरार भएका थिन ।

खटिएको प्रहरी टोलीले चोरी गरेको सुनको मुन्द्रा २ थान र नगद रु. २ हजार २ सय ४० रुपैयाँ सहित जिल्ला पर्वत मोदी गाउँपालिका वडा नम्बर ६ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ४ को गणेश टोल बस्ने ३४ वर्षकी टिका श्रेष्ठलाई पक्राउ गरिएको छ ।

निजलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका संबन्धि मुद्दामा म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाइएको कुरा जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

निजले यस अघि पनि विभिन्न १२ जना महिला तथा वालवालिकालाई ललाई फकाई गरि सुनको गरगहना चोरी गरेको कसूरमा पक्राउ गरि चोरी संबन्धि मुद्दामा कास्की जिल्ला अदालतको फैसलाले ९ महिना कैद र रु. २८ हजार जरिवाना भुक्तान गरी छुटेकी थिइन् ।

Leave a Reply