You are currently viewing परालको टाल भित्र राखेको सालको काठ बरामद

परालको टाल भित्र राखेको सालको काठ बरामद

नेभा, रौतहट, १८ पुष,

जिल्ला, रौतहट बृन्दावन नगरपालिका वडा नम्बर ८ बरगजवा टोल स्थित बाटोको छेउमा रहेको परालको टाल भित्र सालको काठ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको छ ।

गोलिया ५ थान अन्दाजी ४० फिट अन्दाजी मुल्य रु. १ लाख २० हजार बराबरको सालको काठ बरामद भएको छ ।

बरामद गरिएको उक्त मालसमान आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय, चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको कुरा जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

Leave a Reply