जाडो बढेसँगै कुहिरोले पनि उग्र रुप लिन थालेको छ । यस मौसममा, टर्कीका अधिकांश क्षेत्रहरू बाक्लो कुहिरोले ढाकेका छन् र सडकमा कम भिजिबिलिटीका कारण चालकहरूले ठूलो समस्याको सामना गरिरहेका छन् ।
टर्कीको सडकमा भिजिबिलिटी कम भएकाले एकपछि अर्को ७ वटा गाडी ठोक्किएका छन् । टक्कर यति ठूलो थियो कि १० जनाको ज्यान गएको छ ।
धेरै सवारीसाधनका टुक्रा टुक्रा भएका छन् । दर्जनौं व्यक्ति घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ ।
यो घटना बिहीबार उत्तरपश्चिमी टर्किएमा भएको हो । टर्कीको राजमार्गमा सातवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझै बढ्न सक्छ । अधिकारीहरूले यो जानकारी दिएका छन् ।