You are currently viewing लागूऔषध मुद्दाको फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दाको फरार प्रतिवादी पक्राउ

नेभा, बाँके, १२ पुष,

बाँके जिल्ला अदालतको २०७९ असोज ३० गतेको फैसलाले जिल्ला बाँके जानकी गाउँपालिका वडा नम्बर ६ कोठारपुर बस्ने २४ वर्षको चेतराम सोनीलाई लागूऔषध, ब्राउन सुगर मुद्दामा १ महिना २८ दिन कैद सजाय तोकिएकोमा फरार भएका थिए ।

निज हाल सम्म फरार रहेको हुँदा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले पुष १२ गते निजलाई पक्राउ गरेको छ ।

उक्त व्यक्तिलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply