You are currently viewing लागूऔषध सहित १ जना प्रहरीको नियन्त्रणमा

लागूऔषध सहित १ जना प्रहरीको नियन्त्रणमा

नेभा, मोरङ, ८ पुस,

मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १६ हुलास चौक स्थितबाट लागूऔषध ब्राउन सुगर र औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री ईटहरी उपमहानगरपालिका वडा नम्बर ५ का २७ वर्षको प्रकाश मादेन लिम्बुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित औषधी ४ एम्पुल र ५७ मिलिग्राम ब्राउन सुगर बरामद फेला पर्दा निजलाई पक्राउ गरिएको छ ।

निजलाई लागूऔषध सहित पक्राउ पारी ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

Leave a Reply