अफ्रिकी देश जिम्बावेमा खडेरीका कारण ठूलो संख्यामा हात्तीको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित वृद्ध हात्तीहरू छन् । जो पानीको खोजीमा टाढा जान सक्दैनन् र साथै, खडेरीका कारण पानी नहुँदा वयस्क हात्तीहरू पनि मरिरहेका छन् ।
जिम्बाब्वेको सबैभन्दा ठूलो राष्ट्रिय आरक्षमा खडेरीका कारण हालैका दिनहरूमा कम्तीमा १०० भन्दा बढी हात्तीहरुको मृत्यु भएको छ । वन्यजन्तु अधिकारी र संरक्षण समूहहरूले यी हात्तीहरूको मृत्युको लागि जलवायु परिवर्तन र एल निनोलाई दोष दिइरहेका छन् ।
अधिकारीहरूले चेतावनी दिएका छन् कि ह्वाङ्गे राष्ट्रिय निकुञ्ज लगायत दक्षिणी अफ्रिकी देशका केही अन्य क्षेत्रमा गर्मीको लहर र कम वर्षा हुने सम्भावना भएकाले थप मृत्यु हुन सक्ने सम्भावना छ ।
जिम्बाब्वेमा एल निनोको प्रकोप यसअघि पनि महसुस भएको थियो । अध्ययनहरूले देखाउँछ कि जलवायु परिवर्तनले एल निनोलाई बलियो बनाउँदैछ, जसले थप गम्भीर परिणामहरू निम्त्याउँछ ।
अधिकारीहरूलाई २०१९ मा भएको घटनाहरू दोहोरिने डर छ भन्ने कुरा बताएको छन, जब ह्वाङ्गे राष्ट्रिय निकुञ्जमा गम्भीर खडेरीका कारण २०० भन्दा बढी हात्तीहरू मारीएका थिए ।