झापा स्थित झापा गाउँपालिका वडा नम्बर २ स्थितमा थ्रेसरमा बेरिएर १ जना व्यक्तिको मृत्यु भएको छ ।
पुष ५ गते बिहान स्थानीय ५७ वर्षको नुनुवा टुडु आफ्नै खेतमा प्रदेश १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको मेशिनमा धान थ्रेसर लगाउने क्रममा अचानक थ्रेसरमा बेरिदा उनको घटनास्थलमै मृत्यु भएको छ ।
लासलाई सम्पूर्ण कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खबर कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।