You are currently viewing ठगी मुद्दामा फरार २ जना प्रतिवादीहरु पक्राउ

ठगी मुद्दामा फरार २ जना प्रतिवादीहरु पक्राउ

नेभा, उदयपुर, ५ पुष,

अस्थाई प्रहरी पोष्ठ तरकारी बजारबाट खटिएको प्रहरी टोलीले ठगी मुद्दामा फरार २ जना व्यक्तिहरुलाई उदयपुरमा पक्राउ गरेको छ ।

ठगी मुद्दामा रु. ५ लाख १० हजार २ सय ८४ चौरासी रुपैयाँ १० पैसा जरिबाना र २ वर्ष कैद सजाय भएको जिल्ला उदयपुर, त्रियुगा नगरपालिका वडा नम्बर १३ को असारी बस्ने सिंह बहादुर राई र ठगी मुद्दामा रु. ५ लाख १० हजार २ सय ८४ रुपैयाँ १० पैसा जरिबाना र १ वर्षको कैद सजाय भएको सोहि ठाउँमा बस्ने लाल बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त सजाय तोकिएका व्यक्तिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानीत जिल्ला अदालत उदयपुर पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Leave a Reply