You are currently viewing बिभिन्न कसुरमा संलग्न १० जना व्यक्तिहरु कास्की प्रहरीको नियन्त्रणमा

बिभिन्न कसुरमा संलग्न १० जना व्यक्तिहरु कास्की प्रहरीको नियन्त्रणमा

‍नेभा, कास्की, ५ पुष,

पुष २ गते जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाईडमा बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागि दबाब दिने र नमानेमा हैरानी गरी आतङ्कित पारेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले सोही ठाउँको वडा नम्बर ६ बिजिवि गल्लीमा समूह बनाई नशालु पदार्थ सेवन गरी होहल्ला गर्दै हिडिरहेको अवस्थामा ५ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

सोही दिन लेकसाईड स्ट्रिट नम्बर ४ मा होहल्ला गरी हिड्ने २ जना, सोही मितिमा चाईनापुल स्थितमा मादकपदार्थ सेवन गरी होहल्ला गर्दै हिड्ने २ जना र पौष ३ गते बिहान मर्निङ वाकमा हिडिरहेका महिलाहरुलाई अपशब्द प्रयोग गरी हातपात गर्न खोज्ने १ जना गरी जम्मा १० जना व्यक्तिहरुलाई पक्राउ गरीएको छ ।

पक्राउ पर्नेहरु जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १६ दिप बस्ने २० वर्षको डिलन श्रीष मगर, जिल्ला कास्की माछापुछ्रे गाउँपालिका वडा नम्बर ५ बस्ने २० वर्षको सन्देश विश्वकर्मा, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ६ ठाडोपसल बस्ने ३० वर्षको सुरेश थापा, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ६ जरेवरको निवासी २९ वर्षको महेन्द्र भण्डारी, जिल्ला गोरखा भिमसेन गाउँपालिका ८ बस्ने ३२ वर्षको सुरेश थापा, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षको डेविड भन्ने डिल्ली प्रसाद पौडेल, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने २६ वर्षको बिक्रम थापा, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १४ काजिपोखरी बस्ने ३१ वर्षको आशिष थापा, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १४ बस्ने ३२ वर्षको शिब बहादुर कार्की र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने २७ वर्षको शंकर भुजेल हुन् ।

उक्त व्यक्तिहरु माथि छुट्टाछुट्टै अभद्र व्यवहार सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

Leave a Reply