You are currently viewing अबैध प्याज बारा प्रहरीको नियन्त्रणमा

अबैध प्याज बारा प्रहरीको नियन्त्रणमा

नेभा, बारा, ४ पुष,

जिल्ला प्रहरी कार्यालय, बाराको प्रहरीले जिल्ला बारा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा अबैध रुपमा ल्याइएको प्याजलाई नियन्त्रणमा लिएको छ ।

गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी स्रोत खुलाउन नसकेको अबैध भन्सार छल्ली ल्याइएको गन्तव्य तर्फ गएको ना ६ ख ९००४ नम्बरको यात्रुबाहक बस भित्र अन्दाजी मुल्य रू. ४५ हजार बराबरको ५०० किलो प्याज हुँदा र गन्तव्य तर्फ गएको बा. प्र. ०१-००६ ख ५४३३ नम्बरको यात्रुबाहक बस भित्र अन्दाजी मुल्य रू. २७ हजार १ सय २० रुपैया बराबरको  ५०० किलो प्याज हुँदा उक्त गाडीहरुलाई प्याज सहित नियन्त्रणमा लिइएको छ ।

अन्दाजी मुल्य रु. ७२ हजार १ सय २० रूपैया बराबरको प्याज नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

Leave a Reply