You are currently viewing अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को ट्रेलर यो दिन हुन्छ रिलिज

अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को ट्रेलर यो दिन हुन्छ रिलिज

नेभा, ७ चैत्र,

फिल्म ‘पुष्पा द राइज’ को सफलताले अल्लु अर्जुनलाई इन्डिया स्टार बनाएको छ । अभिनेताका फ्यानहरु अहिले उनको फिल्म ‘पुष्पा २’ को प्रतिक्षामा छन् । अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ लाई लिएर लामो समयदेखि चर्चामा छन्, यस्तो अवस्थामा एउटा नयाँ अपडेट आएको छ, जसले फ्यानहरुको खुसीलाई दोब्बर बनाउनेछ ।

चलचित्र ‘पुष्पा’ को पहिलो भाग हेरेपछि पनि चलचित्रका फ्यानहरुमा चर्को चर्चा छ । यस फिल्ममा अभिनेता अल्लु अर्जुनको अभिनयलाई फ्यानले निकै मन पराएका छन् । यस्तो अवस्थामा ‘पुष्पा २’ हेर्न फ्यानहरु निकै उत्साहित छन् । अब फ्यानहरुको प्रतिक्षाको घडी समाप्त हुन लागेको छ । फिल्ममा कलाकारहरु कुन लुक्समा देखिनेछन्, केहि समय अगाडि देखि नै हेरेका थियौ, अब पालो फिल्मको झलक अर्थात फिल्मको ट्रेलरको, अहिले इन्टरनेटमा चर्चित अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ ‘द रुल’को रिलिज मिति र ट्रेलरको चर्चा भइरहेको छ । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ को ट्रेलरको रिलिज मितिले फ्यानहरुलाई निकै उत्साहित बनाएको छ ।

फिल्म ‘पुष्पा द राइज’ का निर्माताले अल्लु अर्जुनको जन्मदिनको अवसर पारेर फिल्मको दोस्रो पार्टको ट्रेलर अप्रिल ८ मा रिलिज गर्ने तयारी गरेका छन् । निर्माण पक्षले फिल्मको फर्स्ट लुक सार्वजनिक गर्ने तयारी गरेको छ ।

Leave a Reply