बीरगंज स्थित गढीमाई डेरीद्वारा उत्पादित बी नेचुरल ब्राण्डको आईस क्रिमको आउटलेट एक कार्यक्रम बीच खुलेको हो ।
शनिबार सो आउटलेटको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष उद्योगी गणेश लाठले गरेका हुन् ।
सर्वशुलभ तरिकाले सर्वसाधारण ग्राहकहरुले पनि सजिलै आइसक्रिमको स्वाद लिन सकुन भन्ने कुरालाई ध्यानमा राखी पानीटंकी पछि वीरगंजको मुटु आदर्शनगरमा सो आउटलेट खोलेको डेरी उद्योगका प्रमुख रबिन्द्र कुमार सिहंले जानकारी दिएका छन् ।