चीनका पूर्व रक्षामन्त्री ली साङ्फूमाथि भ्रष्टाचारको आरोप लागेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले साङ्फुप्रति ठुलो कदम चालेका छन् । सी जिनपिङको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीले बिहीबार पूर्व रक्षामन्त्री ली साङ्फुलाई भ्रष्टाचारको आरोपमा पार्टीबाट निष्कासित गरेको छ ।
यति मात्र होइन, कम्युनिस्ट पार्टीले उनीविरुद्ध अभियोजन कारवाही सुरु गरेको छ । यसले साङफुलाई अहिले समस्यामा पारेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को नेतृत्वले बिहीबार पार्टी अनुशासन र कानूनको घोर उल्लङ्घन गरेको आरोपमा ६६ वर्षीय लीलाई निष्कासन गर्ने निर्णय गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
पिपुल्स लिबरेसन आर्मीको एलिट रकेट फोर्सका प्रमुख ली गत वर्ष बेपत्ता भएका थिए, जसले गर्दा उनीमाथि भ्रष्टाचार र अनुशासनहीनताका लागि अनुसन्धान भइरहेको अनुमान लगाइएको थियो । सी आफैले लीलाई रक्षामन्त्रीको रूपमा नियुक्त गरेका थिए ।