माघ १६ गते ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित टेढा रोड देखि जिल्ला पर्सा, मिलन चौक तर्फ जादै गरेको एकजना पैदल यात्रीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नम्बर ३ बस्तीपुर बस्ने २७ वर्षको पवन गिरी माथि शंका लागि चेक जाँच गर्दा निजले बोकेको २ वटा झोला भित्र ५/५ किलोको दरले १० किलो लागूऔषध गाँजा बरामद भएको थियो ।
उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको कुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।